सरकारसँग प्रदीप ज्ञवालीकाे गुनासाे, मूल्यवृद्धिले मेरै घरमा दुईथरी तरकारी पाक्ने अवस्था छैन

काठमाडौं । एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अचाक्ली मुल्यवृद्धिका कारण जनताको चुल्हो बल्ने अवस्था नभएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एमालेको उपभोक्ता हित संरक्षण तथाा सुशासन विभागले सोमबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै मूल्यवृद्धिले आफ्नै घरमा दुई थरी तरकारी पाक्ने अवस्था नभएको बताए ।
‘महँगी र मूल्यवृद्धि अचाक्ली बढेको छ । मेरै घरमा दुईथरी तरकारी पाक्ने अवस्था छैन’, ज्ञवालीले प्रश्न गरे, ‘सांसद छु, मन्त्री भएँ । एक छाक तरकारीमा सम्झौता गर्नुपर्ने अवस्था छ । जनताको अवस्था कस्तो होला ?’
गठबन्धन सरकाले क्रितिम मूल्यवृद्धि गरेको आरोप लगाउँदै उनले सरकारको कारण आम उपभोक्ता मर्काका परेको जिकिर गरे ।
सरकारको गत क्रियाकलापका कारण मुलुक कुशासन र संकटतर्फ जानबाट जोगान गभर्नरले रोक्न खोज्दा चौतर्फी हमला भएको बताए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया