चिनियाँसहित पाँच कम्पनीले सरकारलाई टेरेनन्, फेरि सोधियो स्पष्टीकरण
काठमाडौं । कबुलअनुसारको काम नगर्ने पाँच कम्पनी र आपूर्तकलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । यसअघि ३५ दिने स्पष्टीकरण सोधेको कार्यालयले त्यसको अटेरी गरेपछि दोस्रोपटक ताकेता गरेको हो । स्पष्टीकरण सोधिएकामा एक चिनियाँ कम्पनीसमेत छ ।
विभिन्न सरकारी निकायले कालोसूचीमा राख्न पत्राचार गरेपछि यी निर्माण कम्पनी तथा आपूर्तकलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
स्पष्टीकरण सोधिएकामा शारदा ढकाल स्वामित्वको मनन कन्ष्टक्सन प्रालि, लाक्पा तेन्जी शेर्पाको छथर निर्माण सेवा, सुवीन्द्र श्रेष्ठको नशः कन्सर्न, उमेशकुमार अग्रवालको सर्जिमेड डिष्ट्रिब्युटर्स र चिनियाँ नागरिक मेङ लाङ झान चाउनको च्याङक्विङ वाङबिएन इलेक्ट्रिक (ग्रुप) कर्पोरेसन लिमिटेड छन् ।
मननलाई बेलबारी नगरपालिका, छथरलाई नयाँ सहर आयोजना कार्यालय, तेह्रथुम, नशःलाई गोरखापत्र संस्थान, सर्जिमेडलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र च्याङक्विङलाई नेपाल विद्युत् प्राधिकरणको आग्रहमा स्पष्टीकरण सोधिएको हो ।
सरकारी निकायको कामको जिम्मेवारी लिएर त्यसलाई पूरा नगर्ने फार्म, कम्पनीविरुद्ध लेखी पठाएमा सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोध्ने र त्यसको चित्तबुझ्दो जवाफ नआएमा कालोसूचीमा राखेर कारबाही गर्ने गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया