प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्नुपर्ने माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ
काठमाडौं । किरात राई यायोक्खामा आबद्ध व्यक्तिहरूले प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।
पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने माग गर्दै उनीहरूले विरानगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका छन् ।
कार्यालय घेराउपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको उनीहरूले बताए । घेराउ कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाका मानिस भेला भएको आयोजकले जनाएका छन् ।
प्रदेशसभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेश १ को नाम टुंगो लागेको छैन । पहिचान पक्षधरहरूले किरात लिम्बुवान आदि नामको माग गरिहेका छन् । ठूला दलहरूले भने कोशी, सप्तकोशी, सगरमाथाजस्ता भौगोलिक नाम अघि सारेका छन् ।
मुख्यमन्त्री राई भने भौगोलिक र पहिचान दुवैलाई समेट्ने नाम खोज्नुपर्ने बताइरहेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया