कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार, के छ एजेण्डा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक सूचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने छ । केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको बैठकमा सहभागिताका लागि अनुरोध गरिएको छ ।
केन्द्रीय कार्यसम्पादन समिति गठन बैठकको प्रमुख मुद्दा (एजेण्डा) रहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १९:५६:००
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया