महिला युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा पुग्न को–को भिड्दैछन् ?
काठमाडौं । इंल्याण्डमा जारी महिला युरोपियन च्याम्पियनसिप (युरोकप)को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गएराति समूह चरणका अन्तिम खेल भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
आयोजक इंग्ल्याण्डसँगै स्पेन, स्विडेन, बेल्जियम, जर्मनी, अष्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम ८ मा पुगेका छन् ।
सेमिफाइनल प्रवेशका लागि आयोजक इंग्ल्याण्डविरुद्ध स्पेनले भिड्ने भएको छ । यस्तै, स्विडेन र बेल्जियम पनि क्वार्टरफाइनलमा आमने–सामने हुनेछन् ।
यसैगरी, जर्मनी र अष्ट्रिया तथा फ्रान्स र नेदरल्याड्स बीच सेमिफाइनलमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ ।
क्वार्टरफाइनलका खेलहरू जुलाई २० देखि २३ सम्म हुनेछन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया