न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने पोखरेलसँग परिषद्ले माग्यो स्पष्टीकरण
काठमाडौं । ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग दुई करोडको घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललले कानून व्यवसायी आचारसंहिता, २०५१ विपरीत कार्य गरेको निष्कर्ष नेपाल कानून व्यवसायी परिषद्ले गरेको छ । परिषद्ले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउँदै सात दिने स्पष्टीकरण पनि सोधेको छ ।
पोखरेलले न्यायाधीशसँग घुस बार्गेनिङ गरेको प्रकरण बाहिरिएपछि परिषद्ले यसबारे अध्ययन गरेको थियो । जसबारे प्राप्त प्रतिवेदन उजुरीमा पोखरेलबाट कानून व्यवसायीको आचारसंहिता, २०५१ विपरीत कार्य भएको निचोडसाथ कारबाहीका लागि प्रतिवेदन उजुरी प्राप्त भएको परिषद्ले जनाएको छ ।
कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन उजुरी प्राप्तपछि परिषद्ले पोखरेलसँग सात दिने स्पष्टीकरण सोधेको छ । परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उनीमाथि लागेको अभियोगबारे सातदिने स्पष्टीकरण सोधेको हो । यसअघि स्पष्टीकरणको पत्र बुझ्न परिषद्ले गरेको मौखिक आग्रह पोखरेलले बेवास्ता गर्दै आएका थिए ।
परिषद्बाट लाइसेन्सप्राप्त कुनै पनि अधिवक्ताले गरेको आचारसंहिताविपरीतको कार्यमा सजाय गर्नुपूर्व स्पष्टीकरणको मौका दिनुपर्ने प्रावधान छ ।
आफूमाथि लागेको अभियोगबारे स्पष्ट पार्न सात दिनको म्याद दिएको परिषद्ले तोकिएको समयमा जवाफ पेस नभएमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्षसमेत रहेका पोखरेलले तामाङलाई छुटाउन गरेको दुई करोडको घुस बार्गेनिङको अडियो गत असार ८ गते न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको थियो । अडियो सार्वजनिकपछि न्याय परिषद्ले कोइरालालाई निलम्बन गरेर अभियोगबारे छानबिन गरिरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया