थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।
योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार १२६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९८२ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार ८६५, संस्थागत आइसोलेसनमा ११७ र आइसियूमा १९ सङ्क्रमित छन् ।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं मात्र रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, बाजुरा र डढेलधुरा छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १०९, ललितपुरमा १६० र भक्तपुरमा ४२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया