युएईले दियो नेपाललाई १७६ रनको लक्ष्य
काठमाडौं । टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत अहिले ओमानमा नेपाल र युएईबीच खेल भइरहेको छ ।
यसैबीच, पहिलो इनिङ्स सकिएको छ ।
टस जितेर ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको छ ।
नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले एक विकेट चट्काए ।
अब नेपालले १७६ रनको विशाल लक्ष्य पछ्याउनेछ ।

यस्तो छ नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अविनाश बोहरा ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया