सर्वोच्च तानिए विवादित जिल्ला न्यायाधीश अधिकारी
काठमाडौं । बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च अदालत तानिएका छन् । अधिकारीविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेपछि न्याय परिषद्ले छानबिनका लागि सर्वोच्च तानेको हो ।
आर्थिक स्वार्थ हेरेर न्याय सम्पादन गरेको बेहोराको उजुरी परेपछि थप अनुसन्धानका लागि उनलाई सर्वोच्च अदालतमा तानिएकाे न्याय परिषद् स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले यसअघि पनि अधिकारीले गरेको न्याय सम्पादनमाथि पटकपटक प्रश्न उठाएको थियो । उसले सचेत नभई यान्त्रिक ढंगले काम गरेको टिप्पणी गरेको थियो ।
अधिकारी सप्तरी जिल्ला अदालतमा छँदा पनि घुस लेनदेनमा मुछिएका थिए । छानबिनका क्रममा उनको खातामा स्रोत नखुलेको ८ लाख रूपैयाँ भेटिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको इजलासले त उनलाई बर्खास्त गर्न सिफारिस गरेकाे थियाे । तर त्याे सिफारिस कार्यान्वयन भएन ।
जानकारहरू तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रभावमा पारेर अधिकारी आफूमाथिको कारबाही रोक्न सफल भएको बताउँछन् ।
न्याय परिषद् समय निकै सक्रिय देखिएको छ । उसले ११ दिनमा मात्रै ११ न्यायाधीश बर्खास्त गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया