४७६ कोरोना संक्रमित थपिए, ८३१ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६०४ पिसिआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाम एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी कुफ ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमात्रै ९ लाख ७५ हजार ८०६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ८३१ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० जना पुगेको छ ।
आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ७४७ जना रहेका छन् ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया