कांग्रेसको प्रमुख सचेतक र सचेतकमा नयाँ अनुहार

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा संसदीय दलकाे प्रमुख सचेतक र सचेतकमा नयाँ अनुहारलाई अवसर दिएको छ । संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले प्रमुख सचेतकको जिम्मेवारी चित्रलेखा यादव र सचेतकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएका हुन् ।
यस अघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् । सचेतक पुष्पा भुसाल उपसभामुख छिन् । यसैले दुवै रिक्त पदमा देउवाले चित्रलेखा र विश्वकर्मालाई अवसर दिएका हुन् । यी दुवैजना सभापति देउवा निकटका हुन् ।
चित्रलेखा यस अघि उपसभामुख र पार्टीको केन्द्रीय कोषाध्यक्ष भइसकेकी छिन् । विश्वकर्मा पूर्व मन्त्री एवं सांसद हुन् । विश्वकर्मा देउवाका विश्वासिला नेतामध्येमा पर्छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया