अफगानी राहदानी विश्वकै सबैभन्दा कमजोर, कहाँ छ नेपालको स्थान ?
काठमाडौं । अफगानी राहदानी (पासपोर्ट) विश्वकै सबैभन्दा कमजोरको सूचीमा परेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा अफगानिस्तानसँगै इराक र सिरियाको राहदानी पनि कमजोरको सूचीमा छन् ।
यस्तै, नेपाल पनि कमजोर नेपाली राहदानीको सूचीमा परेको छ । यद्यपि, नेपाल विश्वका ७ देशभन्दा भने अगाडि रहेको छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।
रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा सूचीकृत रहेको छ । पहुँचका आधारमा ११२ सूचीमा विभाजन गरिएको रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा रहेको हो ।
यसअनुसार नेपाल छैठौं कमजोर राहदानी भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।
सबैभन्दा शक्तिशाली राहदानीको सूचीमा जापान रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया