समितिसमक्ष जनार्दनको बयान : अनधिकृत व्यक्तिलाई प्रवेश दिएको कुरा झुटो हो
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिसमक्ष बयान दिएका छन् ।
अनधिकृत व्यक्तिलाई बजेटमा पहुँच दिएर करको दर तलमाथि गरिएको आरोप थेग्न नसकेर बहिर्गमन रोजेका शर्माले शुक्रबार बिहान समितिसमक्ष बयान दिएका हुन् ।
बयानमा शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको जिकिर गरेका छन् ।
स्रोतका अनुसार, शर्माले बजेट निर्माणका बेला मन्त्रालयका आधिकारिक व्यक्तिबाहेक कोही पनि सहभागी नरहेको बताएका छन् । स्थापित मूल्य, मान्यता, विधि, पद्धति अवलम्बन गरेर बजेट बनाइएको पनि शर्माले प्रष्ट पारेका छन् ।
आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक हुने अघिल्लो दिन शर्माले असम्बन्धित व्यक्तिलाई अनधिकृत रूपमा प्रवेश गराएर करका दर तलमाथि पारेको समाचार सार्वजनिक भएको थियो ।
आफूमाथि लागेको आरोप निराधार रहेको जिकिर सुरुदेखि नै गरे पनि चौतर्फी दबाबपछि उनले २२ असारमा पदबाट राजीनामा दिएका थिए । सोही दिन उनीमाथि छानबिन गर्न संसदीय समिति बनेको थियो । समितिलाई यसबारे अनुसन्धान गरेर प्रतिवेदन दिने कार्यादेश छ ।
यो प्रकरणमा छानबिनका लागि समितिलाई १० दिनको समय दिइएको थियो । तर समय नपुगेपछि थप सात दिन माग गरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया