स्पेनलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिप (युरोकप)को सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको पहिलो क्वार्टरफाइनल खेलमा स्पेनलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले हराउँदै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डले एक गोलको अग्रता उल्टाएर जित निकाल्न सफल भयो ।
इंग्ल्याण्डलाई जित दिलाउन एला टोन र जर्जिया स्टानवेले एक–एक गोल गरे ।
खेलको ५४ औं मिनेटमा एस्थर गोन्जालेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ८४ औं मिनेटमा टोनले गोल गर्दै इंग्ल्याण्डलाई १–१ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि निर्धारित समयमा थप गोल हसन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ९६ औं मिनेटमा स्टानवेले गोल गर्दै इंग्ल्याण्डलाई २–१ को जित दिलाइन् ।
आज जर्मनी र अष्ट्रियाबीच अर्को क्वार्टरफाइनल खेल हुनेछ ।
महिला युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, सेमिफाइनलमा पुग्न को–को भिड्दैछन् ?
प्रतिक्रिया