राजस्व छलेर ल्याइएका एक करोडका सामान बरामद
काठमाडौं । नेपाल प्रहरीले राजस्व छलेर ल्याइएको एक करोड बढीको सामान बरामद गरेको छ ।
काठमाडौंको चाबहिल नजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीले चुरोट मात्रै दुई हजार ९८० बण्डल बरामद गरेको छ । यसका साथै बरामद गरिएका गुट्खा, सुर्तीजन्य पदार्थ, मोटरसाइकलको पार्टस्, इलेक्ट्रिोनेनिक्स चिप्स, अक्सिमिटर, पटाका, भुइचम्पा, आतिसबाजलगायतका सामग्री बरामद गरी सार्वजनिक गरेको छ ।
अवैधरुपमा सामान ल्याएर राखिएको छ भन्ने सूचनाको आधारमा परिचालित टोलीले बुधबार ती सामान बरामद गरेको हो ।
ती सामान अवैधरुपमा ल्याई काठमाडौँ महानगरपालिका–७ गोपीकृष्णनगरस्थित श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको छ । उनले ती सामान भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएका थिए ।
उक्त कारोबारमा संलग्न रहेको आरोपमा पर्सा घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय छविलाल अगस्ती पक्राउ परेका छन् ।
उनले काठमाडौं महानगरपालिका–७ स्थित पुष्पा अधिकारीको घरको सटर भाडामा लिई राजस्व छली गरेर ल्याइएका सामान भण्डारण गर्ने गरेको खुलेको छ ।
कार्यालयले अनुसन्धान तथा कारबाहीका लागि बरामद सामान आजै राजस्व अनुसन्धान विभागमा पठाएको छ भने विष्फोटक पदार्थसमेत रहेकाले सोही कसुरअन्तर्गतको मुद्दामा उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया