माइतीघरमा लाग्यो नारा : पहिचानविना प्रदेश मान्दैनौं
काठमाडौं । प्रदेश नम्बर १ को नाम लिम्बुवान–किरात राख्न माग गर्दै आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
लिम्बुवान-किरात संयुक्त संघर्ष समिति र याक्थुङ लेखक संघको अगुवाइमा भएको प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीले ‘पहिचानविना प्रदेश मान्दैनौं’, ‘सम्पूर्ण पहिचानवादी एक हौं’, ‘प्रदेश १ को नाम लिम्बुवान–किरात घोषणा गर’जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

आजै प्रदेश १ को राजधानी विराटनगरमा पनि प्रदेशको नाम लिम्बुवान–किरात राख्न माग गर्दै प्रदर्शन भएको छ । मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन भएको हो ।
यसैको प्रतिबद्धता जनाउन काठमाडौंमा पनि प्रदर्शन भएको बताइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया