NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

वर्षा हुँदा किसान खुसी

बागलुङ । बुधबार बिहानदेखि वर्षा नहुँदा किसानलाई राहत मिलेको छ । खडेरका कारण रोपाई गर्न नपाएका किसानले वर्षपछि धमाधम रोपाइँ थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइ गर्न बाँकी रहेको छ ।

बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाई भएको भए पनि पखामा रोपाई हुनसकेको थिएन् । सुक्खा ठाउँमा भल छोपेर रोपाइ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए ।

‘वर्षा सुरु भयो, अब केही दिन पानी पर्छ भनेको रेडियोमा सुनेको छु’, जैमिनी नगरपालिका–९ का किसान टङ्कप्रसाद शर्माले भने, ‘अब त खडेरीले नसताउला भन्ने लागेको छ ।’

यसअघि रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताए ।

असारको अन्तिम सातायता साउनको ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइ गरेका किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए । असार अन्तिम साताको लागि रोप्ने तयारीका साथ ब्याड । राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ ।

मनसुन सुरु भएको समाचार आएपछि काचोंबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइ गर्न नपाएका गुनासो गर्ने गरेका थिए । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइ हुन बाँकी छ । डाँडाकाँडा र लेक रहेको क्षेत्रमा पानी परेपछि किसानलाई भ्याइनभ्याइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष