पार्टीभन्दा महंगो प्रेस युनियन
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबारदेखि सुरू भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबादुर देउवाले महाधिवेशन उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
उम्मेदवारहरूको मनोनय दरखास्तको लागि निर्वाचन समितिले चर्को शुल्क तोकेको छ । समितिका संयोजक एकराज पोखरेलले जारी गरेको सूचना अनुसार अध्यक्षको उम्मेदवार बन्नका लागि ३० हजार दस्तुर तोकेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि २५ हजार, उपाध्यक्षका लागि २० हजार र महासचिवका लागि २५ हजार दस्तुर बुझाउनु पर्नेछ ।
त्यस्तै उप-मसचिव र सचिव पदका लागि २० हजार दस्तुर तोकिएको छ । केन्द्रीय सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ ।
कांगेसको १४ औं महाधिवेशन सभापतिका लागि ३० हजार रूपैयाँ शुल्क, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको लागि १० हजार रूपैयाँ शुल्क तोकिएको थियो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया