पार्टीभन्दा महंगो प्रेस युनियन
हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडामा नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबारदेखि सुरू भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबादुर देउवाले महाधिवेशन उद्घाटन गरेका हुन् । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
उम्मेदवारहरूको मनोनय दरखास्तको लागि निर्वाचन समितिले चर्को शुल्क तोकेको छ । समितिका संयोजक एकराज पोखरेलले जारी गरेको सूचना अनुसार अध्यक्षको उम्मेदवार बन्नका लागि ३० हजार दस्तुर तोकेको छ ।
त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि २५ हजार, उपाध्यक्षका लागि २० हजार र महासचिवका लागि २५ हजार दस्तुर बुझाउनु पर्नेछ ।
त्यस्तै उप-मसचिव र सचिव पदका लागि २० हजार दस्तुर तोकिएको छ । केन्द्रीय सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ ।
कांगेसको १४ औं महाधिवेशन सभापतिका लागि ३० हजार रूपैयाँ शुल्क, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार, केन्द्रीय सदस्यको लागि १० हजार रूपैयाँ शुल्क तोकिएको थियो ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया