त्रिविको परीक्षामा भएको लापरवाहीको छानबिन गर्न नेविसंघको माग
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा परीक्षामा लापरवाही देखिएको भन्दै छानबिन गर्न माग गरेको छ ।
हरेक परीक्षा, मर्यादित र विश्वसनीय हुनुपर्ने भन्दै नेविसंघले अहिलेसम्म व्यवस्थापन संकाय बिबिएतर्फको मिति २०७९–०३–२२ गते र २४ गते भएको परीक्षा र विगतमा पनि पटक पटक परीक्षामा गैरजिम्मेवार, संकास्पद तथा लापरवाहीपूर्ण कदमप्रति विश्वविद्यालयमाथि प्रश्न उठेको भन्दै लापरबाहीपूर्ण कार्यमा संलग्न सम्पूर्णलाई कारबाही गर्न माग गरेको हो ।
‘त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले संचालन गर्ने हरेक परीक्षा मर्यादित र विश्वसनिय हुनुपर्छ भन्ने नेविसंघ उपत्यकाका व्यवस्थापन संकायका सम्पूर्ण क्याम्पसहरुको ठहर छ ।’ केन्द्रीय वार्ता समितिका प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘त्रिभुवन विश्वविध्यालय द्वारा गठित छानविन समितिका संयोजकलाई ने।वि। संघ स्वागत गर्दै व्यवस्थापन संकायको परीक्षा लापरबाहीमा व्यवस्थापन संकायकै प्रध्यापक भएको कारणले त्यस छानविन समिति माथि विश्वसनियताको प्रश्न उठ्ने भएको कारणले नयाँ छानविन समिति गठन गरी अहिले सम्म व्यवस्थापन संकाय बिबिए तर्फको मिति २०७९–०३–२२ गते र २४ गते भएको परीक्षा र विगतमा पनि पटक पटक परीक्षामा गैरजिम्मेवार, संकास्पद तथा लापरवाही पूर्ण कदम प्रति विश्वबिध्यालय माथी प्रश्न उठेको छ यस्तो लापरबाहीपूर्ण कार्यमा संलग्न सम्पूर्णलाई कारबाही गर्न नेविसंघ जोडदार माग गर्दछ ।’

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया