भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई लाग्दा ३ को मृत्यु
काठमाडौं । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई लाग्दा ३ जनाको मृत्यु भएको छ । दिउँसो १२ बजेतिर ढलेको सल्लाकाे रुखले लाग्दा अन्य १२ जना घाइते भएका छन् ।
मृतकमध्ये एकजना नितेश खर्वुजाको मात्रै सनाखत भएको भक्तपुर प्रहरीले जनाएको छ । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुवाहक बस र बा ६१ च नम्बरको स्कुटर रुख ढलेर च्यापिएका हुन् ।
घाइतेहरुको भक्तपुरका इवामुरा अस्पताल र भक्तपुर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।
ढलेको रुख सडकबाट हटाउन नेपाली सेना खटिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया