अभिनेत्री प्रकृतिलाई अभिनेताकी श्रीमतीले सडकमै कुटपिट गरिन्
काठमाडौं । अभिनेत्री प्रकृति मिश्रालाई अभिनेता बाबुशन मोहन्तीकी श्रीमतिले उनको गाडीभित्र नै गएर कुटपिट गरेकी छिन् । भारतीय अभिनेताकी श्रीमती र अभिनेत्रीबीचकाे उक्त घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा प्रकृति सहयोगका लागि कराइरहेको देख्न सकिन्छ ।
बाबुशनकी श्रीमती उनलाई पछ्याउदै कुट्न गएकी छन् भने प्रकृति उनीबाट बच्न भागेकी छन् । उनी गाडी छोडेर अटोमा भागेकी हुन् । यो विषयमा प्रकृतिले भनेकी छिन्, ‘हरेक कहानीको दुईटा पक्ष हुन्छ । दुर्भाग्यले हामी यस्तो समाजमा बस्छौं । जहाँ महिलालाई अनावश्यक लान्छना लगाइन्छ ।’
प्रकृतिका अनुसार उनका सहकर्मी एवं अभिनेता बाबुशन उत्कल एशोसिएसनको एक अन्तरवार्तामा सहभागी हुन चेन्नई गइरहेका थिए । त्यहि समय बाबुशनकी श्रीमती केही मान्छेको सहयोगमा पुगेर प्रकृतिलाई आक्रमण गरेकी हुन् । बाबुशनले पनि प्रकृति र उनको चलचित्रको प्रोमोसन गर्न उनीहरु त्यहाँ जान लागेको बताएका छन् ।
उनले परिवारलाई मन नपरे प्रकृतिसँग काम नगर्नेसमेत बताएका छन् । उनले भने, ‘मलाई थाहा थिएन, मेरी श्रीमतीले यस्तो सोचेकी छिन् भनेर । यदि मेरो परिवारलाई मन पर्दैन भने प्रकृतिसँग काम गर्दिनँ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया