अभिनेत्री प्रकृतिलाई अभिनेताकी श्रीमतीले सडकमै कुटपिट गरिन्
काठमाडौं । अभिनेत्री प्रकृति मिश्रालाई अभिनेता बाबुशन मोहन्तीकी श्रीमतिले उनको गाडीभित्र नै गएर कुटपिट गरेकी छिन् । भारतीय अभिनेताकी श्रीमती र अभिनेत्रीबीचकाे उक्त घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा प्रकृति सहयोगका लागि कराइरहेको देख्न सकिन्छ ।
बाबुशनकी श्रीमती उनलाई पछ्याउदै कुट्न गएकी छन् भने प्रकृति उनीबाट बच्न भागेकी छन् । उनी गाडी छोडेर अटोमा भागेकी हुन् । यो विषयमा प्रकृतिले भनेकी छिन्, ‘हरेक कहानीको दुईटा पक्ष हुन्छ । दुर्भाग्यले हामी यस्तो समाजमा बस्छौं । जहाँ महिलालाई अनावश्यक लान्छना लगाइन्छ ।’
प्रकृतिका अनुसार उनका सहकर्मी एवं अभिनेता बाबुशन उत्कल एशोसिएसनको एक अन्तरवार्तामा सहभागी हुन चेन्नई गइरहेका थिए । त्यहि समय बाबुशनकी श्रीमती केही मान्छेको सहयोगमा पुगेर प्रकृतिलाई आक्रमण गरेकी हुन् । बाबुशनले पनि प्रकृति र उनको चलचित्रको प्रोमोसन गर्न उनीहरु त्यहाँ जान लागेको बताएका छन् ।
उनले परिवारलाई मन नपरे प्रकृतिसँग काम नगर्नेसमेत बताएका छन् । उनले भने, ‘मलाई थाहा थिएन, मेरी श्रीमतीले यस्तो सोचेकी छिन् भनेर । यदि मेरो परिवारलाई मन पर्दैन भने प्रकृतिसँग काम गर्दिनँ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया