एलआइसीको वार्षिक साधारण सभा हुँदै, यस्ता छन् एजेण्डा
काठमाडाैं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारण सभा आज बुधबार बस्दैछ ।
सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११:१५ बजे सुरु हुने जनाएको । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।
कम्पनीले साधारणा सभामा २१.०५५ लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५५ नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल कम्पनीले जनाएको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । साथै, १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया