एमसिसीबारे छलफल गर्न लोसपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।
उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको (लोसपा) को आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।
एमसिसी सम्झौता छलफलका लागि सदनमा पेश भइसकेको अवस्थामा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका गतिविधि, छलफल र बैठकलाई महत्त्वका साथ हेरिँदै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया