म्यानमारको सैनिकले किन दियो चार कार्यकतालाई मृत्युदण्ड ?
एजेन्सी । म्यानमारको सेनाले प्रजातन्त्रवादी धारका चार कार्यकर्तालाई मृत्युदण्ड दिएको छ ।
पूर्व सांसद पो जिया थाव, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला मायो अङ र अङ थुरा जावरलाई आतंकवादी गतिविधि गरेको आरोपम मृत्युदण्ड दिइएको हो ।
गएको जुन महिनामै उनीहरूलाई मृत्युदण्ड दिनेबारे गरिएको घोषणाले विश्वकै ध्यान केन्द्रीत भएको थियो ।
मृत्युदण्डको खबर सुनेर त्यहाँका प्रजातान्त्रिक नेता, सदस्य, सशस्त्र जातीय समुदायका प्रतिनिधिहरूले आफूहरूलाई यो घटनाले स्तबन्ध बनाएको बताएका छन् । उनीहरू सुकीले नेतृत्व गरेको पार्टी नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) का सदस्य थिए ।
मृत्युदण्ड पाउने को ५३ वर्षिया को जिम्मी बर्माको प्रजातन्त्रवादी आन्दोलनका अगुवा थिए । म्यानमारको सैनिक जुन्ताको विरुद्धमा उनी सन् १९८८ देखि लड्दै आइरहेका थिए । त्यसयता उनले प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पटक पटक जेल सजाय पनि भोगे । उनी अन्तिम पटक सन् २०१२ मा जेलमुक्त भएका थिए । गत वर्षको अक्टोबरमा उनलाई आफ्नो
याङगोनस्थित अपार्टमेन्टमा हात हतियार लुकाएको आरोप लागेको थियो । त्यस्तै सेनाले कब्जामा लिएको राष्ट्रिय एकता सरकारको सल्लाहकार बनेको पनि आरोप थियो ।
४१ वर्षिया फो जिया थ सुकीको सरकारमा सांसद थिए । उनलाई सुकी निकट मानिन्छ । हिपहप आर्टिस्टसमेत रहेका उनका गीतका शब्दहरू सैनिक विरूद्ध खनिएका हुन्थे । उनलाई पनि गत नोभेम्बरमा आतंक मच्चाएको आरोपमा पक्राउ गरिएको थियो ।
मृत्युदण्ड पाउने अन्य दुई ह्ला मायो अङ र अङ थुरा जअमाथि जुन्ताकी सुराकी महिलाको हत्या गरेको आरोप थियो ।
गत वर्षको फेब्रुअरीमा आङ साङ सुकिले नेतृत्व गरिरहेको सरकारलाई सत्ताच्युत गर्दै सेनाले सत्ता कब्जा गरेको थियो । यसको विरोधमा हजारौं नागरिक सडकमा उत्रिएपनि केही लागेन।
सुकीमाथि भ्रष्टाचार गरेको र मुलुकको नियमविपरित काम गरेको आरोप छ । यही आरोप लगाउँदै सेनाले सत्ताच्युत गरेको सुकीलाई १ सय ५० वर्ष जेल सजाय सुनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया