मेसीलाई बार्सिलोना फर्काउने संकेत : आर्थिक अवस्था सुधार या लापोर्टाको मन बदलियो ?
काठमाडौं । फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले आफ्ना पूर्वखेलाडी लियोनल मेसीलाई पुनः क्लबमै फर्काउने संकेत गरेका छन् ।
एक दिनअघि अमेरिकाको लस भेगासमा प्रि–सिजनको इएल क्लासिको हेर्न पुगेका लापोर्टाले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै मेसीजस्ता सुपरस्टार खेलाडीलाई करिअरको अन्तिम सयम बार्सिलोनाबाट खेलेर सन्यास मिलाउनु आफ्नो र क्लबको उत्तरदायित्व रहेको बताए ।
उनै लापोर्टाले ठ्याक्कै एक वर्षअघि पाइरहेको तलबमा ५० प्रतिशत कटौती गरेर भएपनि बार्सिलोनामै बस्छु भनेका थिए । तर, लापोर्टाले त्यो पनि अस्वीकार गर्दै मेसीलाई क्लब छोड्न बाध्य बनाएका थिए ।
मेसीलाई राख्दा क्लबलाई थप आर्थिक भार थपिने भन्दै लापोर्टाले क्लबमा राख्न चाहेका थिएनन् । उनलाई तत्कालीन उपकप्तान सर्जियो बुस्केट्स र वरिष्ठ खेलाडी जेरार्ड पिकेले पनि साथ दिएका थिए ।
अहिले क्लबको आर्थिक स्थिति सुधार भएको हो या लापोर्टाको मन बदलिएको हो त्यो भने बुझ्न बाँकी छ ।
लापोर्टाको यो भनाइले बार्सिलोना मेसीलाई पुनः अनुबन्ध गर्न चाहन्छ भन्ने संकेत भने आएको छ ।
मुख्य प्रशिक्षकमा मेसीका पूर्वसहकर्मी जाभी आएसँगै लार्पोर्टालाई दबाब बढेको बुझ्न पनि सकिन्छ ।
मेसी गत वर्षकाे जुलाईमा २१ वर्ष बिताएको स्पेनिस क्लब क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया