पहिले देश टुक्र्याउने चेतावनी, अहिले शान्ति खोज्दै तपोवन !
काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दामा लागेका थिए डा. सिके राउत । सो बेला उनले तराईलाई अलग्गै देश बनाउन हिंसात्मक आन्दोलन गर्नेसमेत चेतावनी दिने गरेका थिए ।
तर, राउत ०७५ मा हिंसाको बाटो त्यागेर शान्ति पक्रियामा आए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्ति सम्झौता गरेका राउतले त्यसपछि जनमत पार्टी गठन गरे । स्थानीय निर्वाचनमा पनि सहभागी भए ।
उनै राउत अहिले थप शान्ति खोज्दै काठमाडौंको उत्तर–पश्चिम क्षेत्रमा पर्ने ओशो तपोवन पुगेका छन् । त्यहाँ उनले नौ दिनसम्म ध्यान तथा तप गरेको उनीनिकट स्रोतले जनाएको छ ।

राउतले भोजन गरेपछि भाँडावर्तन सफा गरिरहेको तस्बिर यतिबेला बाहिरिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया