ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आर जे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना आज दिउँसो भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने महिलाको पहिचान हुन सकेको छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया