ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु
चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
कार्यालयका अनुसार पुलचोकबाट गैँडाकोटतर्फ जाँदै गरेको आर जे २५ बीए २९३१ नम्बरको बुलेटले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो । ठक्करबाट घाइते महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटना आज दिउँसो भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ भने महिलाको पहिचान हुन सकेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया