ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिँदा तीन जना घाइते
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालनजिकै ट्याक्सीमाथि बस पल्टिँदा ट्याक्सी चालक घाइते भएका छन् ।
बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका हुन् ।
बसमा यात्रु थिएनन् । माछा बोकेको गाडीलाई ठक्कर दिएपछि पल्टेको बससँगै मोटरसाइकल पनि दुर्घटनामा परेको थियो । माेटरसाइकल चालक पनि घाइते भएका छन् । घाइतेहरूकाे बिएन्डबी अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रहरीले बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई नियन्त्रणमा लिएकाे छ । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया