बङ्गलादेशले टि २० विश्वकप आयोजना गर्ने
ढाका । बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि २० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ ।
साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आइसिसिले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ ।
त्यसैगरी आइसिसिले श्रीलङ्काले सन् २०२७ मा महिला टि २० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आइसिसि बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनौट गरेको समाचारमा जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया