यम बुद्धको नाममा कामनपाले पार्क बनाउने, छुट्याइयो डेढ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले दिवंगत एम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालु आर्थिक वर्ष ०७९÷८० का लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालु आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६, खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा यम बुद्धको नाममा पार्क बनाउने गरी बजेट छुट्याइएको हो ।
महानगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनाामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । तर पार्कमा यम बुद्धको सालिक भने नरहने भएको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया