अपर तामाकोशीको साधारण सभा भदौ ३ गते हुने, यस्ता छन् एजेण्डा
काठमाडौं । अपर तामाकोशीले कम्पनीले चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा भदाै ३ गते गर्न लागेको जनाएको छ ।
कम्पनीले सूचना जारी गर्दै सेयरधनिलाई बिहान ११ बजे सभामा आउन आग्रह गरेको छ । उक्त सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने कम्पनीको ०७७।०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७७।०७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण नियुक्त गर्ने र निजको पारिक्षमिक निर्धारण गर्ने आदि प्रस्ताव पारित गर्ने जनाएको छ ।
त्यस्तै कम्पनीले विशेष प्रस्तावअन्तर्गत कम्पनीको पूजीँ वृद्धिका लागि प्रबन्धपत्रमा संसोधन गर्ने र विद्यामान चुक्ता पूजीँको आधारको अनुपातमा हकप्रद सेयर जारी गरी पुजीँ संकलन गर्ने, सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा विविध विषयमा छलफल गर्ने छ । कम्पनीको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया