सिके राउतको ‘आनन्द मैत्रय’ रुप हेरौं विभिन्न तस्बिरमा
काठमाडौं । कुनैबेला देश नै टुक्र्याउने मुद्दामा लागेका डा. सिके राउत सन्यासी रुप धारण गर्दै ‘आनन्द मैत्रम’ बनेका छन् ।

राउत रानीवनस्थित ओशो तपोवनमा नौ दिनसम्म पूर्णरुपमा मोबाइल अफ गरेर ध्यानमा बसे । नौ दिनको ध्यान पूरा गरेपछि उनले बुधबार सन्यास धारण गरेका हुन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअभिनेत्री शोभिता सिम्खडाका साथमा राउत सेतो वस्त्र, ओशोको तस्बिर रहेको माला लगाएर ‘ग्रिन टी’ पिउँदै गरेको उनको तस्बिर सार्वजनिक भएको छ ।

सन्यास धारणपछि सार्वजनिक भएको तस्बिरमा उनी निकै आनन्दित देखिएका छन् ।

साथै, उनको सचिवालयले सन्यासी बनेपछिका विभिन्न तस्बिर पनि सार्वजनिक गरेको छ ।

जसमा उनी विभिन्न देवीदेवताका मूर्तिसामु हात फैलाएर प्रार्थना गरिरहेका छन् । जहाँ उनले रातो वस्त्र लगाएका छन् ।

तर, राउत ०७५ मा हिंसाको बाटो त्यागेर शान्ति पक्रियामा आएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्ति सम्झौता गरेका राउतले त्यसपछि जनमत पार्टी गठन गरे र स्थानीय निर्वाचनमा पनि सहभागी भए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया