तीसौं प्रयासमा बल्ल एसईई उत्तीर्ण
काठमाडौं । इच्छा शक्ति र धैर्य भएमा एक न एक दिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेर देखाएका छन्, कैलालीका ५३ वर्षीय भागीराम चौधरीले । उनले ३० औं पटकमा एसईईमा २ जिपिए प्राप्त गरी उनले उदाहरण प्रस्तुत गरेका छन् ।
कैलाली गाउँपालिका–६ को गटरियास्थित जनता माध्यमिक विद्यालयबाट उनले एसईई पास गरेको विद्यालयमा कार्यरत शिक्षक यामु शर्माले जानकारी दिए ।
चौधरी ०५२ बाट सोही विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।
तीन दशकको अथक प्रयासपछि एसईई उत्तीर्ण गर्न सफल चौधरीले अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताए । उनले भने, ‘यस वर्ष एसईई पास भएपछि धेरै खुसी भएको छु । अब कक्षा ११ र १२ यसै विद्यालयमा पढ्छु ।’
कैलाली गाउँपालिका–६, बनकट्टाका चौधरीले ०४८ मा पहिलोपटक एसएलसी दिएका थिए । दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक एसएलसी परीषा दिएका उनलाई सफलता हात लागेन । त्यसपछि हरेक वर्ष एसएलसी दिँदा पनि सफल हुनुभएन । विगतमा चलनचल्तीको भाषामा फलामे गेट भनिने एसएलसी उनका लागि साँच्चिकै फलामे गेट बन्यो ।
चौधरीसँगै पढेका सहपाठी अहिले सरकारी सेवाबाट निवृत्त हुने अवस्थामा पुगिसकेका छन् । सँगै पढेका कतिपय साथीहरू विद्यालयका प्रधानाध्यापक, कतिपय शिक्षक, कतिपय व्यापारी भएको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया