तीसौं प्रयासमा बल्ल एसईई उत्तीर्ण
काठमाडौं । इच्छा शक्ति र धैर्य भएमा एक न एक दिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बनेर देखाएका छन्, कैलालीका ५३ वर्षीय भागीराम चौधरीले । उनले ३० औं पटकमा एसईईमा २ जिपिए प्राप्त गरी उनले उदाहरण प्रस्तुत गरेका छन् ।
कैलाली गाउँपालिका–६ को गटरियास्थित जनता माध्यमिक विद्यालयबाट उनले एसईई पास गरेको विद्यालयमा कार्यरत शिक्षक यामु शर्माले जानकारी दिए ।
चौधरी ०५२ बाट सोही विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् ।
तीन दशकको अथक प्रयासपछि एसईई उत्तीर्ण गर्न सफल चौधरीले अब कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताए । उनले भने, ‘यस वर्ष एसईई पास भएपछि धेरै खुसी भएको छु । अब कक्षा ११ र १२ यसै विद्यालयमा पढ्छु ।’
कैलाली गाउँपालिका–६, बनकट्टाका चौधरीले ०४८ मा पहिलोपटक एसएलसी दिएका थिए । दीपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट पहिलो पटक एसएलसी परीषा दिएका उनलाई सफलता हात लागेन । त्यसपछि हरेक वर्ष एसएलसी दिँदा पनि सफल हुनुभएन । विगतमा चलनचल्तीको भाषामा फलामे गेट भनिने एसएलसी उनका लागि साँच्चिकै फलामे गेट बन्यो ।
चौधरीसँगै पढेका सहपाठी अहिले सरकारी सेवाबाट निवृत्त हुने अवस्थामा पुगिसकेका छन् । सँगै पढेका कतिपय साथीहरू विद्यालयका प्रधानाध्यापक, कतिपय शिक्षक, कतिपय व्यापारी भएको उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया