कांग्रेस बैठकअघि देउवाले किन भेटे नेपाल–दाहाललाई ?
काठमाडौं । स्थानीय तहको मिति तोक्ने विषयमा अन्योलका देखिएका बेला बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच छलफल भएको हो ।
सरकारलाई छिटो निर्वाचनको मिति तोक्ने विषयमा चौतर्फी दबाब बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका नेता अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।
बैठकमा प्रचण्ड र नेपालले फेरि पनि चुनाव स्थानीय तहको चुनाव वैशाख जेठमा गर्ने तयारी अगाडि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको स्रोतको दाबी छ ।
राष्ट्यिसभाको निर्वाचनमा मिलेर लड्दा १९ मध्ये १८ सिट जितेको भन्दै प्रचण्ड र नेपालले ऐन संसोधन गरेर भए पछि चुनाव मंसिरपछि एकैपटक गर्ने गरी वातावरण बनाउनुपर्ने बताएका थिए ।
चुनावका विषयमा सत्ता गठबन्धनको बैठक बसेर एउटा टुंगोमा पुग्नेबारे तीन नेताबीच छलफल भएको स्रोतको भनाई छ ।
नेकपा हुँदै एमाले विभाजनपछि माओवादी र नेकपा एसको संगठन कमजोर रहेको छ ।
कमजोर संगठन हुँदा स्थानीय तहको चुनाव गर्दा यसले प्रदेश र संघीय चुनावलाई समेत असर गर्ने भन्दै प्रचण्ड र नेपालले एकैपटक चुनाव गर्ने विषयालाई प्राथमिकतामा राखेका छन् ।
केही समय देशभर संगठनको विस्तारको तयारी पनि गर्ने र सत्तारुढ गठबन्धनसँग मिलेर चुनाव लड्न सके पार्टीको पोजिसन बलियो बनाउन सकिनेमा प्रचण्ड र नेपाल पुगेका छन् ।
यसैले उनीहरुले केही तत्काल निर्वाचनको मिति तोक्नेबारे निर्णय नलिन प्रधानमन्त्रीलाई दबाब बढाएका छन् । तर कांग्रेसभित्रै अब एक्लै चुनाव लड्न कांग्रेस तयार हुनुपर्ने र स्थानीय तहको चुनाव वैशाख वा जेठमा गर्नुपर्ने दबाब बढिरहेको छ ।
संविधानमा पाँच वर्ष र ६ महिनामा स्थानीय तहको चुनाव गर्न सकिने भन्ने उल्लेख भएको भन्दै मंसिरमा गर्दा कुनै संकट नआउने तर्क प्रचण्ड र नेपालको छ । तर, एमालेले जेठबाट चुनाव पर धकेल्न नहुनेमा जोड दिँदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १३:३७:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया