प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो ।
सुरक्षित नागरिक, सुरक्षित समुदायमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले फोल्डिङ स्टेचर, लाइफ ज्याकेट, हेलमेट, डोरी, सेफ्टी बेल्ट, गैँची, बेल्चा, त्रिपाललगायतका उद्धारमा सहयोगी हुने सामग्री हस्तान्तरण गरेकोे नगरप्रमुख मदनभक्त अधिकारीले बताए ।
उनले विपद् आउनभन्दा पहिले विपद् आउन नदिने गरी काम गर्ने बताए । यस्तै दमकलका लागि देवचुली नगरपालिकासँग सहकार्य भएको र दुई पालिका मिलेर छिट्टै दमकल खरिद गरिने नगरप्रमुख अधिकारीले बताए ।
यस्तै गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले विपद् व्यवस्थापन कोषमा रु एक करोड बजेट राखिएको बताए । उनले यसअघि रु ८० लाख कोष रकम छुट्याइएको जनाउँदै प्रहरीलाई विपद्मा काम गर्न सहज होस् भनी उद्धारका सामग्री सहयोग गरेको बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अब काम गर्न सहज हुने बताए । उनले आगामी दिनमा प्रहरी आफू सुरक्षित रहेर जनताको जिउधनको सुरक्षामा खटिन विपद् व्यवस्थापन सामग्रीले सहयोग गर्ने विश्वास गरे । चितवन र नवलपुर हुँदै बग्ने नारायणी नदीमा बर्सेनि २५ देखि ३० जनाले हाम फाल्ने गरेको भन्दै प्रहरी निरीक्षक श्रेष्ठले आगामी दिनमा पूर्वपश्चिम राजमार्गका कारण आउने समस्यामा नागरिकलाई सहज बनाउन सकिने बताए ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया