बलिउड : सलमानले बढाए सुरक्षा, रसिक अस्ताए
काठमाडौं । बलिउडमा हरेक दिन कुनै न कुनै नयाँ हलचल देख्न पाइन्छ । आज पनि बलिउडमा हलचल देखियो । अभिनेता रसिक दवेको निधनले उद्योग जगतमा शोकको लहर छ भने अभिनेता सलमान खानले आफ्नो सुरक्षामा थप सावधानी अपनाइरहेका छन् ।
हिन्दी र गुजराती सिरियलका अभिनेता रसिक दवेको शुक्रबार राति ८ बजे निधन भएको हो । मिडिया रिपोर्टका अनुसार मृगौला फेल भएर उपचाररत उनको मुम्बईमा निधन भएको हो ।
रसिक दवे ‘महाभारत’को ‘नन्द’ पात्रका लागि परिचित थिए । यसबाहेक ‘संस्कार धरोहर अपना की’, ‘सीआईडी’, ‘कृष्णा’जस्ता धेरै लोकप्रिय टिभी शोमा उनी रुचाइएका थिए । धेरै गुजराती नाटक, फिल्म र सिरियलहरूमा पनि उनले काम गरेका थिए ।
बलिउड अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिले चर्चामा रहने गर्छिन् । फेरि पनि उनी उसैगरी चर्चामा आएकी छन् । तर यसपटक आफ्नो अभिव्यक्तिका कारण नभई अदालतमा दिएको निवेदनले उनी चर्चामा छिन् । गीतकार जावेद अख्तरले दायर गरेको मानहानि मुद्दाको सन्दर्भमा उनले अदालतमा निवेदन दिएकी हुन् ।
ज्यान मार्ने धम्की आएपछि अभिनेता सलमान खानले आफ्नो सुरक्षामा थप सावधानी अपनाइरहेका छन् । उनी आफ्नो सुरक्षामा कुनै कमी नहोस् भन्ने चाहन्छन् । रिपोर्टका अनुसार खानले आफ्नो सुरक्षा सतर्कता बढाउँदै चढ्ने कार अपग्रेड गरेका छन् । अब उनले बुलेटप्रुफ ल्यान्ड क्रुजर चढ्ने छन् । जसमा आर्मरसँगै बुलेट प्रुफ सिसा लगाइएको छ । तर, यो ल्यान्ड क्रुजरको नयाँ संस्करण भने होइन ।
चर्चित अभिनेता मुकेश खन्ना मनोरञ्जन जगतमा चर्चित नाम हुन् । उनको चिनारीचाहिा ‘भीष्म पितामह’ र ‘शक्तिमान’ का रुपमा बढी छ । उनी लामो समयदेखि फिल्मबाट टाढा छन् तर अभिव्यक्तिका कारण प्रायः हेडलाइन बन्ने गर्छन् । हालै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा पुनः एकपटक भाइरल बनिरहेको छ । भारतलाई हिन्दू राष्ट्र घोषणा गर्न ट्विटरमार्फत सरकारसँग गरेको माग गरेपछि उनी चर्चामा तानिएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया