सरकारलाई विप्लवको चेतावनी : हामी हातमा दही जमाएर बस्दैनौं
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वायन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
सोमबार जिल्ला अदालत ललितपुरले विप्लवसहित शिर्ष नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाले कडा विज्ञप्ति जारी गरेको हो । प्रवक्ता प्रकाण्डद्ववारा जारी गरेको विज्ञेप्तिमा गठबन्धन सरकारले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएको छ ।
‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरूद्ध आज घटाएको घटनालाई तुरुन्त रोकिएन तथा तीन बुँदे सहमति कार्यान्वायन नभए हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने कुरा शेरबहादुर देउवा नेतृत्वको सरकार र राज्यका अधिकारीहरूलाई चेतावनी दिन चाहन्छौं । यसबाट भविष्यमा निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र अधिकारी हुनुपर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया