कुलमान घिसिङकी पत्नी राप्रपा जिल्ला उपाध्यक्ष चयन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीमार्फत राजनीतिमा होमिएकी छन् । उनलाई राप्रपाले धादिङ जिल्ला उपाध्यक्षको जिम्मेवारी दिएको छ ।
गत माघमा सम्पन्न जिल्ला अधिवेशनले दीपालाई जिल्ला कमिटी सदस्यमा चयन गरेको थियो । कार्यसमिति सदस्यमध्येबाट पदाधिकारी चयन गर्ने विधानको व्यवस्थाबमोजिम उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका धादिङ अध्यक्ष ध्रुव खनालले जानकारी दिए ।
दीपा धादिङको रुविभ्याली गाउँपालिकाकी हुन् । उनलाई सोही स्थानबाट प्रतिनिधित्त्व गर्नेगरी उपाध्यक्ष चयन गरिएको हो ।
त्यसैगरी, नीलकण्ठ नगरपालिकाका श्यामसिंह ठकुरीलाई पनि उपाध्यक्ष चयन गरिएको छ । अध्यक्षको अनुपस्थितिका बेला कार्यवाहकको जिम्मेवारी लिनेगरी उनलाई उपाध्यक्ष मनोनीत गरिएको राप्रपाले जनाएको छ । बेनीघाट रोराङबाट प्रतिनिधित्त्व हुने गरी उपाध्यक्षमा शालिकराम सिलवाल चयन भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया