सडक नै नभएको ठाउँमा बन्यो पाँच करोडको पक्की पुल
काठमाडौं । वारि खेत छ, पारि पहिरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोड लागतमा मोटरेबल पुलन बनाइँदै छ । सडक नै नजोडिदएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय गणेशकुमार नगरकोटीले भने ।
गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५, जलेश्वर र गोरखा नगरपालिका–३, नामेश्वर जोड्ने पक्की पुल बन्दै गरेको हो ।
मानिस आउजाउका लागि भने यो मोटरेबल पुलनजिकै झोलुंगे पुल छ । नारेश्वरतर्फ करिब १०० मिटर दूरीमा सडक ल्याइएको छ तर उक्त सडक प्रयोगमा छैन । किनकि, सडक र पुलको बीचमा जंगल पर्छ । जरेवरतर्फ निर्माणाधीन मोटरेशल पुलको डेढ किलोमिटर दूरीमा बाह्रकिलो बारपाक सडक छ । नारेश्वरतर्फबाट ल्याइएको सडकलाई मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने बाह्रकिलो बारपाक सडकसँग जोड्ने बताइएको छ । पुलबाट जरेश्वरतर्फ भने सडक छैन । स्थानीयको खेत छ ।
आवश्यक हो कि होइन भन्ने विषयमा सरसल्लाहसमेत नगरी पुल निर्माण थालिएको हो । आफूखुसी बनाइँदै गरेको पुलसँग जोड्ने सडक निर्माणका लागि खेत मास्न नदिने स्थानीय बताउँछन् । ‘खेतधनीसँग सल्लाह नगरी भटाभट पैसा खन्याएर पुल बनाउन थालियो,’ नगरकोटीले भने, धान खाने खेत मासेर सडक बनाउन दिँदैनौं ।
मोटरेबल पुलबाट तीन सय मिटर दूरीमा पूर्वमन्त्री बस्नेतको खेत छ । बस्नेतले मन्त्री भएका बेला आवश्यकता पहिचान नगरी खेतनजिक पारेर सडक विस्तार गर्न पुलमा बजेट छुट्याएको स्थानीयको आरोप छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया