सिंहदरबारमा किन दिइरहेका छन् सुब्बाहरूले धर्ना ?

काठमाडौं । दस वर्षसम्म एउटै पदमा कार्यरत निजामती कर्मचारीहरूको स्वतः बढुवा हुनुपर्ने माग राख्दै नायब सुब्बाहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आन्दोलन सुरु गरेका छन् । नायब सुब्बा बचाऔं अभियानको अगुवाइमा विभिँन्न सरकारी कार्यालयमा कार्यरत नायब सुब्बाहरूले सिंहदरबार परिसरभित्रै चक्रिय सरुवा प्रणाली लागू गनुृपर्ने माग अघि सारेर आन्दोलन थालेका हुन् । उनीहरूले तीन तहकै सरकारमा तहगत व्यवस्था हुनुपर्ने, संघीय निजामती सेवा ऐनमा आन्तरिक प्रतिस्पर्धाका लागि १० प्रतिशत कोटा छुट्याउनुपर्नेलगायत माग अघि सारेका छन् ।
अहिले नायब सुब्बाको १८ वर्षसम्म काम गर्दा पनि बढुवा हुन नसक्ने अवस्था आएको भन्दै उनीहरूले काम गर्दा सुब्बा चाहिने, वृत्ति विकासमा नचाहिने नारा लगाइरहेको छन् । ‘नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धातर्फ निश्चित कोटा हटाइएकाले सुब्बासरहका कर्मचारी अन्यायमा परेका हुन्,’ नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले भने, ‘अरू पदमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरिएको छ । तर नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाइएको छ । त्यो हामीलाई मान्य छौन । आन्तरिक वा निश्चित समयपछि स्वतः बढुवाको व्यवस्था हुनुपर्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया