सलमान खानलाई बन्दुक राख्न अनुमति
काठमाडौं (एजेन्सी) । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ ।
सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएको सोमबार एक अधिकारीले बताए ।
लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए ।
सलमानको आवेदनका आधारमा प्रहरीले उनलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए ।
सलमान र उहाँका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।
मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया