तुलसीपुरमा आगलागी, पसलका लाखौं मूल्यका सामान जले
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौं मूल्यका सामान जलेर नष्ट भएका छन् ।
बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन् ।
उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ । क्षतिको यकीन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार रु १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ ।
पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया