बिहान चिया पिउने बानीले हुन सक्छन् यस्ता समस्या
काठमाडौं । हामी सबै बिहान चिया पिउने गर्छाैँ । बिहान सबेरै उठेर चिया नपिउँदा खाना पनि खान मन नलाग्ने बानी हुन्छ कयौँलाई तर बिहानको चिया पिउनाले फाइदा गर्छ कि गदैंन भन्ने कुरा जान्नु जरुरी छ ।
बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया पिउँदा यसले एसिडिटी बढाउँछ । जसले गर्दा पेटमा समस्या आउँछ । पेट फुल्ने, खाना खान मन नलाग्ने जस्ता समस्या आउँछ । त्यसैले बिहान चिया पिउनु भन्दा अगाडी खाली पेटमा पानी पिउनुपर्छ । बिहान मनतातो पानी पिउदाँ यसले शरीरमा धेरै फाइदा पुर्याउँछ । त्यस्तै बिहान चियाको सट्टा कागती पानी, अमला पानी तथा मेथी पानी पिउन सकिन्छ । यसले स्वास्थ्यको साथै हाम्रो शरीरसमेत फ्रेस गराउँछ । यस्तै ताजा जुसले पनि फाइदा गर्छ ।
चिया पिउनाको बेफाइदा
बिहान खाली पेटमा चिया पिउँदा यसले पेट फुल्ने, खाना खान मन नलाग्नृ, शरीरमा उर्जा नआउने, थकान महशुस हुने हुन्छ । त्यस्तै यसले हड्डी कमजोर बनाउनाका साथै निन्द्रा नलाग्ने समस्या उत्पन्न गराउँछ । यसले अल्सर तथा हाइपर एसिडिटी गराउँछ ।
बिहान चियाको प्रयोगले मुख गन्हाउने समस्या हुन्छ । चियाले पाचन प्रणलीको साथ शरीरका धरै अङगलाई प्रभाव गर्छ । यसले मुटुसम्बन्धी समस्या हुने खतरा बढी हुन्छ । जसले हार्ट अट्याक हुन सक्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया