माल्दिभ्समा किरण उत्कृष्ट गोलरक्षक
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक (गोलकिपर) किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिगको उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका उनी यो सिजन त्यहाँको धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

किरणले उत्कृष्ट प्रदर्शन गरेपछि माजियाले यस सिजनको उपाधि जितेको थियो । माजियाले लगातार तेस्रोपटक लिग उपाधि जितेको हो ।
सन् २०१८ को लिगमा पनि किरण उत्कृष्ट गोलरक्षक चुनिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया