‘पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन’ : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे ।
उनले भने, “जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ ।”
मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गरे । अब हुने सङ्घीय र प्रदेश निर्वाचनमा विकास गर्ने नेतालाई छान्न उनले आग्रह गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया