राजदूत यान्छीले भनिन्, ‘ताइवान मामिलामा नेपालले चीनको पक्ष लिनेमा विश्वस्त छु’
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने कुरामा आफू विश्वस्त रहेको बताएकी छिन् ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणका कारण चीन–अमेरिका तनाव सिर्जना भएको विषयलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्दै उनले बुधबार बिहान यस्तो बताएकाे चिनियाँ दूतावासले जनाएको छ ।
नेपाल र चीन एक अर्काका घनिष्ट छिमेकी मित्रराष्ट्र भएकाले नेपाल एक चीन नीतिमा दृढता रहेकोमा आफू विश्वस्त रहेको यान्छीले बताएकी हुन् ।
सो अवसरमा उनले दुवै देशले एक–अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरणसमेत गरिन् ।
‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् भन्ने हामीले विश्वास लिएका छौं’, राजदूत यान्छीले भनेकी छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया