प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्दै, मंसिर कति गते हुँदैछ चुनाव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन दलको बैठकले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति गरेका थिए ।
त्यसैबारे औपचारिक निर्णय लिन शुक्रबार दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । मन्त्रिपरिष्दले मंसिर ४ का लागि निर्वाचन घोषणा गर्न लागेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘यसअघि निर्वाचन आयोगले मंसिरमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । दलहरूबीच पनि मंसिरमै निर्वाचन गर्ने सहमति बनेको थियो’, उनले भने, ‘त्यसैले आज बस्ने मन्त्रिपरिषद् बैठकले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गर्दैछ ।’
यसअघि निर्वाचन आयोगले मंसिर २ वा ४ मा निर्वाचन मिति तोक्न सरकारसँग प्रस्ताव गरेको थियो । २०७४ मा दुई चरणमा निर्वाचन भएपनि योपटक एकै चरणमा निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया