पूर्वपत्नीहरूलाई हरेक हप्ता भेट्छन् आमीर
एजेन्सी । बलिउडका मिस्टर परफेक्शनिस्ट आमीर खानले सम्बन्धबिच्छेदपछि पनि आफ्ना दुवै श्रीमतीलाई हप्तामा एकदिन भेट्ने गरेको बताएका छन् ।
उनी अभिनित चलचित्र ‘लालसिंह चड्डा’को प्रोमोसनमा ‘कफी विथ करण’ मा पुगेका आमीरले यस्तो बताएका हुन् ।
उक्त शोमा आमीरलाई सम्बन्धबिच्छेदपछि पूर्वपत्नीद्वय रिना दत्त र किरण रावसँगको सम्बन्धबारे प्रश्न गरिएको थियो । जवाफमा आमिरले आफूहरू जतिसुकै व्यस्त रहेपछि हप्तामा एकपटक सधैं भेट्ने गरेको बताए ।
‘हामी जतिसुकै व्यस्त रहेपनि एकअर्कासँग हप्ताको एकपटक भने भेट्छौं,’ उनले भने, ‘हामीबीच एकअर्कालाई लिएर साँच्चै केयर, माया र आदर छ ।’
आमीरले सन् १९८६ मा पहिलो पटक रिनासँग विवाह गरेका थिए । रिनासँगको सम्बन्धमा उनले सन् २००२ मा पूर्णविराम लगाए । त्यसको तीन वर्षपछि सन् २००५ मा दुईले विवाह गरेका थिए । विवाहको १६ वर्षपछि सन् २०२१ मा दुवैजना औपचारिक रूपमा अलग भए । आमीरको रिनाकोतर्फबाट दुई बच्चा आयरा र जुनैद छन् । त्यस्तै, किरणबाट एक छोरा आजाद छन् ।
आमीर अभिनित फिल्म ‘लालसिंह चड्डा आउँदो अगस्ट ११ मा प्रदर्शनमा आउँदै छ । यो फिल्ममा आमीर चार वर्षपछि पर्दामा देखिदैँछन् । उनको यसअघिको चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’ नराम्रोसँग फ्लप भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया