विदेश पठाइदिन्छु भनेर ठगी गर्ने मेनपावरविरुद्ध ८७ लाख बिगो मागसहित मुद्दा दर्ता
काठमाडौं । आकर्षक तलव–सुविधासहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा अरेबिया ओभरसिज प्रालि नामक मेनपावरका तीनजना सञ्चालकविरुद्ध बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।
उक्त मेनपावरका सञ्चालकहरू अमरबहादुर गुरुङ, भरतबहादुर बुढाथोकी र मोहनप्रसाद चापागाईँले पोल्याण्ड, चेक रिपब्लिक लगायतका युरोपेली देशमा पठाइदिन्छु भनेर यज्ञराज सुनुवारलगायतसँग ५८ लाख रुपैयाँ लिएको तर पछि नपठाएर रकम हिनामिना गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पीडित सुनुवारको उजुरीका आधारमा ठगीमा संग्लग्न तीन जनालाई ठगेर लिएको बिगो र ५० प्रतिशत हर्जाना वापतको रकम ८७ लाख को मागदाबीसहित वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अरेबिया ओभरसिजका सञ्चालकहरूले पीडितको राहदानीसमेत फिर्ता नगरेको विभागले जनाएको छ ।
हेरौं विज्ञप्ति :

३८ जनालाई ठगी गर्ने मेनपावरविरुद्ध झण्डै दुई करोड ८० लाख बिगो मागदाबीसहित मुद्दा दायर
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया