चीनद्वारा ताइवाननजिकै मिसाइल आक्रमण, जापानको क्षेत्रमा पनि खस्यो
काठमाडौं (एजेन्सी) । चीनले ताइवाननजिकै मिसाइल आक्रमण गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोसित चीनले विशाल सैन्य अभ्याससहित मिसाइल आक्रमण गरेको हो ।
आफ्नो देशको उत्तर–पूर्व र दक्षिण–पश्चिम तटमा चीनले ११ ब्यालेस्टिक मिसाइल आक्रमण गरेको दाबी ताइवानले गरेको छ ।
जापानले पनि पाँच वटा क्षेप्यास्त्र आफ्नो क्षेत्रको पानीमा खसेको बताएको छ । साथै उसले यस्ता गतिविधि रोक्न आग्रह गरेको छ ।
ताइवान सन् १०५० देखि स्वतन्त्र अस्तित्वमा छ । तर चीनले यसलाई आफ्नो इलाकाका रूपमा हेर्छ ।
अमेरिकी सभामुख पेलोसीको भ्रमणले ताइवानमाथिको आफ्नो प्रभुत्वमा खतरा उत्पन्न हुने चीनको भय छ । यही भयका कारण चीनले अमेरिकी अधिकारीको ताइवान भ्रमणप्रति आपत्ति जनाएको थियो ।
यसैबीच, चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने बताएका छन्।
पेलोसीको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले ‘जे भन्छ त्यो पूरा गर्ने’ बताएका छन् ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) का पूर्वी थिएटर कमाण्डले ताइवान टापुको जल र हवाई क्षेत्रमा संयुक्त युद्ध प्रशिक्षण अभ्यासहरू आयोजना गरेको छ । सो अभ्यासमा समुद्री, भूमि लक्षित आक्रमण हमलाहरू र हवाई क्षेत्र नियन्त्रण कार्यहरू लगायतका समावेश छन्।
सैनिक कमाण्डरले तानले चिनियाँ सशस्त्र सेनाले दृढतापूर्वक देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने र कुनै पनि प्रकारको ‘ताइवान स्वतन्त्रता’ गतिविधि र अन्य कुनै किसिमका बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ नरहेको बताएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया